२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

गौर हत्याकाण्डबारे जसपाले आज आफनो धारणा सार्वजनिक गर्ने 

शुक्रवार , श्रावण २६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २६ साउन । 
    गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टी (जसपा), नेपालले आज आफनो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि जसपा नेपालले उक्त घटनाका बारेमा आफनो धारणा सार्वजनिक गर्न लागेको हो । 

    त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्दैछौं,’ प्रवक्ता मनिष सुमनले भने । सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो ।

    पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिवद्धता जनाएपछि मुख्यतः जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो व्यक्त गरेका थिए ।

    आज भन्दा १७ वर्षअघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम, नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।