
शुक्रवार , श्रावण २६, २०८०
काठमाडौं, २६ साउन । भैरहवाबाट काठमाडौंको जादै गरेको गाडीमा ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।
काठमाडौंको नागढुंगाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको बुझिएको छ ।
उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो। घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij