
शनिवार , श्रावण २७, २०८०
काठमाडौं, २७ साउन ।
नेकपा (एकीकृत समाजवादी पार्टी) की वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।
शनिबार बिहान बालकोट पुगेकी तुलाधरलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादामाला लगाएर पार्टीमा स्वागत गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिएका छन् ।
ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायतका एमाले ललितपुरका नेताहरु पनि सहभागी रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij