२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

छोरीहरुको कपडा किन्न अर्को महिना ओली ‘सपिङ’ मा निस्कने

आइतवार , श्रावण २८, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २८ साउन । 
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को महिना ‘सपिङ’ मा जाने भएका छन् । मुगुका दुई किशोरीको पालनपोषण र शिक्षा दिक्षा दिईरहेका एमाले अध्यक्ष ओलीले उनीहरुका लागि कपडा किन्नका लागि अर्को महिना ‘सपिङ’ जान लागेका हुन् । 

    ‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्, आज पनि आएका थिए ।  बालाई  भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए, तर मेरो फूर्सद मिलेन,’ ओलीले सो भेट पछि भने, ‘घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो ।’ ओलीलाई आफ्नो निवासमा भेटन आएका दुई किशोरीको तस्विर हाल्दै अगाडी लेखेका छन, ‘केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ । राम्रोसँग पढ्छु भनेका छन्। अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरु ।’