
सोमवार , श्रावण २९, २०८०
काठमाडौं, २९ साउन ।
नेकपा एमालेको प्रदेश अधिवेशन १६ भदौबाट हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले १६ भदौबाट गर्ने निर्णय गरेको हो ।
बैठकले १६ र १७ भदौमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको, १९ र २० असोजमा उपत्यका विशेष प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij