२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

मंगलवार , श्रावण ३०, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ३० साउन ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलबीच भेटवार्ता भएको छ ।अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो । पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिष्पर्धा भएकोमा त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो ।

    केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए । आजको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।