
बिहिवार , श्रावण ३२, २०८०
काठमाडौं, ३२ साउन ।
नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ । बिहीबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो ।
नेकपा एसकी सचिव झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ । आज कमरेड रामकुमारीजीसँग मीठो भेट र संक्षिप्त कुराकानी भयो ।’
एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका नेता भट्टराई राष्ट्रियसभाका पूर्व सदस्य हुन् । झाँक्री पूर्व शहरी विकास मन्त्री हुन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा गुल्मी-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij