
आइतवार , भाद्र ३, २०८०
भैरहवा, ३ भदौ ।
नेकपा (माओवादी केन्द्र) निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको नगर भेला शनिबार भैरहवामा सम्पन्न भएको छ । भेलाले सुनिल यादवको अध्यक्षतामा २३ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको इञ्चार्जमा महेन्द्र यादव, उपाध्यक्षमा सुरेश चाई, श्रवण हरिजन, जयन्ती यादव, सचिवमा भगवती राजभर, सह–सचिवमा शारदा प्रजापति र कोषाध्यक्षमा रामचन्द्र कोइरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बलदेव यादव, सुरेन्द्र कुर्मी, जोगेन्द्र गुप्ता, राजेश धोबी, जित बहादुर कहांर, गौचरण कहांर, मिश्रीलाल धोबी, मनिष कुमार चौधरी, गोबिन्द तेली, शिव चरण लोहार, प्रमोद यादव, अखलेश कोहार, महेन्द्र बनिया, मेमालाल मल्लाह र बिन्द्रावती हरिजन रहेका छन् ।
नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका अध्यक्ष नारायण हमाल ठकुरीको प्रमुख आतिथ्यता, पार्टीका नगर कोषाध्यक्ष डम्बर बहादुर खत्री, वाईसीएल नेपालका केन्द्रीय विभाग सदस्य दिलिप प्रजापती, अखिल नेपाल यातायात मजदूर संगठनका केन्द्रीय सदस्य नविन दाहाल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नगर अध्यक्ष तारा बराल, दलित मुक्ति मोर्चा नगर अध्यक्ष लक्ष्मण सुनार, अखिल नेपाल ट्रेड युनियन महासंघ नगर अध्यक्ष गणेश चालिसे, रविन मल्ल, बबिता मल्ललगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij