२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

सर्वदलीय बैठक साँझ ७ बजे बस्ने

सोमवार , भाद्र ४, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ४ भदौ । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ । 

    मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । 

    यसअघि आइतबार पनि बैठक बसेको थियो ।