२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

प्रचण्डकोे ओरालो यात्रा सुरु भयो : राजाराम बर्ताैला

सोमवार , भाद्र ४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ४ भदौ । 
    राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ओरालो यात्रा सुरु भएको बताएका छन् । तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको पनि उनले बताएका छन । 

    ‘राजनीतिक जीवनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अवसर पाएका थिए, अब उनले त्यो सम्पूर्ण रुपमा गुमाए, उनको डरलाग्दो ओरालो यात्रा शुरु भइसकेको छ,’ महामन्त्री बर्ताैलाले भने, ‘उनले केही पनि बाँकी नरहने गरी सत्तासँग सम्झौता गरे, आदर्श र विधिका उनका कुरा फगत मिठो ‘गफ’ मा सीमित रह्यो ।