२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

बिहिवार , भाद्र ७, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ७ भदौ ।
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्या देवी धवलको निधन भएको शोकमा  गाउँपालिकामा विदा दिइएको छ ।

    रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    मुटु सम्बन्धी रोगबाट पीडित भइ उपचार गराइरहेकी ५३ वर्षिय धवलको बुधबार राती रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए ।

    धवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दोस्रोपटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् । 

    370477563_1725294664567272_7372149136754780169_n.jpg