२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

ओलीले आज विराट दरबार अवलोकन गर्ने, भोली सिरहा पुग्ने

शुक्रवार , भाद्र ८, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • विराटनगर, ८ भदौ । 
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विराट दरबार क्षेत्र निरीक्षण गर्ने भएका छन् । भोलीदेखि सुरु हुने पार्टीको सचिवालय बैठकमा सहभागी हुनका लागि आज विराटनगर जान लागेका अध्यक्ष ओलीले विराट दरबार क्षेत्रको निरीक्षण गर्ने भएका हुन् । 

    तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर पुग्दैछन् ।

    आज साँझ पाँच वजे होटल ह्यारिसनमा उद्योगी व्यवसायीहरुसँग अन्तरक्रियाको कार्यक्रम गर्न लागेका अध्यक्ष ओली भोली बिहान सिरहा पुग्नेछन । जहाँ भोलीदेखि पार्टीको सचिवालय बैठक सुरु हुनेछ ।

    सिराहाको धनगढीमाई नगरपालिकामा अवस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भएपछि पहिलोपटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो । 

    २०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो । जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ ।