२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै राप्रपा नेपालले प्रदर्शन गर्ने

सोमवार , भाद्र ११, २०८०

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • काठमाडौं, ११ भदौ । 
    कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ । 

    सोहीअनुसार २९ भदौमा काठमाडौंमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सम्पन्न गर्न समितिहरु गठन गरिएको छ । अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको लागि व्यापक जनपरिचालन गर्न निर्देशन पनि दिएका छन् ।