२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन : माधव नेपाल

बिहिवार , भाद्र १४, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • सुर्खेत, १४ भदौ । 
    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छनु ।

    सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् । 

    नेपालको संविधानभन्दा माथि कुनै कानून हुन नसक्ने भन्दै उनले भने, ‘एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन । व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ साथै उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुुने बताए ।