२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

रास्वपाले आज मधेश प्रदेशस्तरीय प्रशिक्षण भेला गर्दै

शनिवार , भाद्र १६, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १६ भदौ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजबाट मधेश प्रदेशमा विशेष प्रशिक्षणको आयोजना गर्दैछ । भोलीसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक विषयमा हुनेछ ।

    देशैभरी प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजबाट मधेशमा दुईदिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेको उपसभापति डिपी अर्यालले जानकारी दिए । 

    मधेशमा हुने सो प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन ।


    मधेस प्रदेशमा हुने प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ । जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ ।