
आइतवार , भाद्र १७, २०८०
भैरहवा, १७ भदौ ।
‘घर घरमा माओवादी जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरले नगरका १३ वटै वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान (तीनमहिने अभियान) पुर्याइएको पार्टीले जनाएको छ । माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण हमाल ठकुरीले शनिबार नगरका सम्पूर्ण वडामा अभियान सुरु भएको बताए ।
सिद्धार्थनगरमा पार्टीका केन्द्रीय सदस्य पुरन के.सी.ले अभियानको उद्घाटन गर्नुभएको माओवादी केन्द्र सिद्धार्थनगरका उपाध्यक्ष मेराज खानले जानकारी दिए ।
शनिबार एकैसाथ देशका ७ हजार २ सय ४२ वडामा अभियानको उद्धाटन गरिएको छ । तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानको नेतृत्व प्रदेशमा केन्द्रिय पदाधिकारी, जिल्लामा स्थायी कमिटी सदस्य र पालिकामा पार्टीका केन्द्रिय सदस्यले गरेका छन् भने प्रदेश सदस्य र जिल्ला सदस्यलाई वडामा खटाइएको छ ।
माओवादी केन्द्रले सञ्चालन गर्न गइरहेको वडा केन्द्रित अभियानलाई विशेष महत्वका साथ हेरिएको छ ।
सरकारले गरेको काम र पार्टीले सञ्चालन गर्न लागिरहेको अभियानले आफूहरूलाई उत्साहित बनाएको माओवादी नेता–कार्यकर्ता बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij