२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम

मंगलवार , भाद्र १९, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १९ भदौ । स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा स्वास्थ्य कार्यालयहरुको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

    जिल्लामा रहेका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संघ–सस्था तथा १६ वटा पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेका स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा समीक्षा गरिएको छ ।

    कार्यक्रममा १६ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरी गरेका कामको समीक्षा गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए ।

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खानको प्रमुख आतिथ्यता तथा खोेप अधिकृत भेषराज शर्माको सञ्चालनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपाने, भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदा, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालका नीजि सचिव हरि पुन लगायतले बोल्दै स्वास्थ्यका क्षेत्रमा थप सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

    कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को लागि योजना तर्जुमा समेत गरिएको छ । कार्यक्रममा रुपन्देहीका १६ पालिकामध्ये सरकारले तोकेको सूचकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै स्वास्थ्य सेवा प्रवाह गरेको मध्येमा मर्चवारी गाउँपालिका प्रथम भएको छ ।

    त्यसै गरी मर्चवार क्षेत्रकै सम्मरीमाई गाउँपालिका दोस्रो, सिद्धार्थनगर नगरपालिका तेस्रो र बुटवल उपमहानगरपालिका चौथो भएको खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।