२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

एमाले लुम्बिनी प्रदेश अधिवेशन : पहिलो सार्वजनिक मतमा ५० बराबरी

मंगलवार , भाद्र १९, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares

  • रुपन्देही, १९ भदौ । 
    नेकपा (एमाले) लुम्बिनी प्रदेश प्रथम अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनको १ सय मतगणनामा अध्यक्षका आकांक्षीको कडा टक्कर देखिएको छ । प्रारम्भिक नतिजामा अध्यक्षका दुवै उम्मेदवारले समान ५०–५० मत प्राप्त गरेका छन् ।

    अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले ५० मत पाउँदा अर्का उम्मेदवार हरिप्रसाद रिजालले पनि ५० मत नै पाएका निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

    मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । प्रत्येक १ मत गणना गरिसकेपछि मतपरिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

    पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भएको छ ।