२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

एमाले लुम्बिनी अधिवेशनको मतपरिणाम अपडेट : रिजालले लिए अग्रता

मंगलवार , भाद्र १९, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • रुपन्देही, १९ भदौ ।
    नेकपा एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनको अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार अध्यक्ष पदका उम्मेदवार हरि रिजालले अग्रता लिएका छन् ।

    २०० मतगणना हुँदा रिजालले १०९ र अध्यक्षका अर्का उम्मेदवार राधाकृष्ण कंडेलले ८९ मत ल्याएका छन् । २० मतले रिजाल अघि देखिएका हुन् ।

    यसअघि प्रारम्भिक परिणाम (१ सय मत गणना हुँदा) दुवै उम्मेदवारले समान ५०–५० (बराबर) मत ल्याएका थिए । १ हजार ५ मतदाता रहेकोमा नयाँ नेतृत्व चयनका लागि ९६५ जनाले मतदान गरेका थिए ।