२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

मुलुकको बिकास र समृद्धिका लागि सहमतिका साथ अघि बढ्न जरुरी छ : गृहमन्त्री श्रेष्ठ

बिहिवार , भाद्र २१, २०८०

  • 964
    Shares
  • 964
    Shares
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिकास र समृद्धिका लागि सहमतिका साथ अघि बढ्न जरुरी रहेको बताएका छन् ।

    बिहीबार चितवनको माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा श्रेष्ठले एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले मुलुकको विकास हुन नसकेको भन्दै राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

    उनले भ्रष्टाचारको जालोलाई अन्त्य गरेर सुशासन कायम नगरेसम्म मुलुकको समृद्धि सम्भव नरहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले सुशाशन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै यसअनुसार अघि बढ्न सबैलाई आग्रह गरे ।

    त्यस्तै उनले सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाए ।