२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उद्घोषण तालिम सम्पन्न

शनिवार , श्रावण १७, २०७७

भैरहवा, १७ साउन ।

जेसीआई सिद्धार्थ नेपाल (सिद्धार्थ जेसीज)को आयोजनामा शनिबार भैरहवामा एकदिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
जेसीज सप्ताह अन्तर्गत चौथो कार्यक्रमको रुपमा उद्घोषण तालिमको आयोजना गरिएको जेसीआई सिद्धार्थ नेपाल वर्ष–२०२० का अध्यक्ष मंगल भण्डारीले बताए ।

तालिमको उद्घाटन गर्दै जेसीआई सिद्धार्थका मानार्थ सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष ओमकार गौचनले उद्घोषण तालिमले बोल्ने कलाको विकास गर्न सहयोग पुर्‍याउने बताए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुङ, जेसीआई सिद्धार्थ लेडी नेपालका अध्यक्ष तुल्सा भुसाल पाण्डे लगायतले बोलेका थिए । ६० जनाको सहभागिता रहेको तालिमको सहजीकरण प्रशिक्षक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव विजय पाण्डेले गरेको कार्यक्रम संयोजक मनोज भण्डारीले बताए । गौरव कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

116371034_303102377410461_8948629215667842826_n.jpgजेसीआई सप्ताह–२०२० अन्तर्गत शैक्षिक सामाग्री वितरण, स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटसल सम्पन्न भइसकेको जेसीआई सप्ताह निर्देशक ऋषिराम पाण्डेयले बताए ।