२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

अब व्यवस्था परिवर्तन गर्नुको विकल्प छैन : कमल थापा 

शनिवार , भाद्र २३, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भक्तपुर, २३ भदौ ।
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य व्यक्ति परिवर्तनबाट सम्भव नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको विकल्प नभएको दावी गरे । 

    व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर विधिको शासनको चिरहरण गरेको बताए । 

    गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भइसकेकोले अब सबै अटाउने कोही निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आवश्यक रहेको उनले बताए । 

    राजादेखि विप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो । 

     

    कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल, बागमती प्रदेश इन्चार्ज माधब खत्री, जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालनबारे आ–आफ्नो धारणा राखेका थिए ।