२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

समाजवादी मोर्चाको सन्देशसभा विराटनगरमा

सोमवार , भाद्र २५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • विराटनगर, २५ भदौ । 
    समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज विराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा दिउँसो १२ बजेवाट सुरु हुनेछ ।  

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ लगायतले उक्त सभालाइ सम्बोधन गर्नेछन । सो सभाको आयोजना जसपा नेपालले गरेको हो । 
    मोर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।