२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्घाखाँचीमा बाबुद्वारा छोरीको हत्या

मंगलवार , माघ १३, २०७७

अर्घाखाँची, १३ माघ ।अर्घाखाँचीमा बाबुले छोरीको हत्या गरेका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २, झिर्रामा आफ्नै बाबुले छोरीको हत्या गरेका हुन।

स्थानीय २४ वर्षिय सन्तोष घिमिरेले आफ्नै छोरी २ वर्षिय सृष्टि घिमिरेको रसीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।

घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लाष्टिकको डोरीले घाँटी थिचिएको पाइएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्यारालाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

विगत केही समयदेखि श्रीमान्संगको विवादले श्रीमती माइतमा बस्दै आएका थिए । बाबुसंग बसेकी आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।