२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा रोशन मिश्रा

मंगलवार , आश्विन २, २०८०

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २ असोज ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघ, रुपन्देहीको कार्यसमिति विस्तार गरिएको छ । मंगलबार भैरहवामा भएको कार्यक्रममा रोशन मिश्राको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गरिएको लोसपा लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद अलीले बताए ।

    संघको जिल्ला उपाध्यक्षमा रमजान अलि, कृष्णा कुमार गुप्ता, कोषाध्यक्षमा दिपक गुप्ता, सचिवमा राहुल यादव, सह–सचिवमा विरेन्द्र गौतम र सोनी खातुन रहेका छन् । 

    त्यस्तै सदस्यहरुमा शान्ति ठाकुर, ममता चौधरी, सहनाज खातुन, अनिशा चाई, सुरज धवल, जीवन कुमार धवल, सुदम थारु, नेहा पाण्डेय, सैफ खान, करिस्मा यादव, रितीक पासवान, राकेश यादव, दुर्गेश यादव, इरफान अलि फकिर, श्याम यादव, शिव हरिजन, मो. अब्दुल कादिरी, लक्कि पाण्डेय, मनोज यादव, राधा चौधरी, अरुण चौधरी, अन्जली पासी, शेराज खान र निर्मा चौधरी रहेका छन् ।

    रोशन मिश्राको अध्यक्षता, लोसपा लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य सन्दिप त्रिपाठीको प्रमुख आतिथ्यता, पार्टीका प्रदेश कार्यकारणी सदस्य श्रीनिवास यादवको विशिष्ट आतिथ्यता,  मोहम्मद अलीको आतिथ्यता तथा रमजान अलिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।