२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

विपीले परिकल्पना गरेको समावेशीता व्यवहारमा छैन : पूर्वउपसभामुख यादव

बुधवार , आश्विन ३, २०८०

  • 955
    Shares
  • 955
    Shares
  • काठमाडौं, ३ असोज ।
    नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले विपी कोइरालाले ७० वर्ष अघि परिकल्पना गरेको समावेशीता र सामाजिक रुपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताएकी छन् ।

    नेपाली कांग्रेसले विपी कोइरालाको स्मृतिमा कांग्रेसको केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आयोजित ‘समावेसिता, सामाजिक रुपान्तरण र बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पार्टीको पूर्वकोषाध्यक्ष समेत रहेकी यादवले आज जो प्रधानमन्त्री भयो, उसैको निर्वाचन क्षेत्रमा बजेट फालाफाल हुने र पहुँचवालाकै बोलाबाला चल्ने गरेको बताइन् ।

    उनको प्रश्न थियो ‘आज जो पहुँचवाला छैन, उसको जिल्ला वा निर्वाचन क्षेत्रमा केही हुँदैन्, के यही हो त विपीको समावेशीता ? यही हो राजनीतिक रुपान्तरण ?’ नेतृ यादवले नेपाल आज युवा शक्ति निर्यात गर्ने देशको रुपमा चिनिएको भन्दै आफ्ना कमीकमजोरीलाई सुधार्न विपीको महोत्सवमा सहभागीहरुले दिएको सल्लाहलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । 

    उनले भनिन्, ‘यो देश लोकतान्त्रिक गणतन्त्रको देश हो भनेर चिनाउन समावेशीता र रुपान्तरणको अभियानलाई मूर्त रुप दिनुपर्छ ।’