images

आइतवार, बैशाख २३ गते २०८१

रोहिणी गाउँपालिका : स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफेर

रोहिणी गाउँपालिका : स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफेर

images
images
images
बिहिवार, आश्विन ४ २०८०
बिहिवार, आश्विन ४ २०८०
  • रोहिणी गाउँपालिका : स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफेर

    भैरहवा, ४ असोज ।
    रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफर गरिएको छ । विविध क्षेत्रगत तथा अनुभव हासिल गर्ने तथा नयाँ कार्यक्षेत्रमा नयाँ तरिकाले कार्यसम्पादन गरेर संस्थाको लक्ष्य प्राप्तीमा अग्रसर गराउने उद्देश्यले स्वास्थ्य संस्थाका इन्चार्जसहित केही कर्मचारीहरुको कार्यक्षेत्र/जिम्मेवारी हेरफेर गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    images
    images
    images

    जसअनुसार बगहा स्वास्थ्य चौकीका हेल्थ ईन्स्पेक्सन (हे.इ.) अधिकृतलाई पजरकट्टी स्वास्थ्य चौकीको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै पोखरभिण्डी स्वास्थ्य चौकीका  हे.इ. अधिकृतलाई छिपागढ स्वास्थ्य चौकीको इन्चार्ज, छिपागढ स्वास्थ्य चौकीको हे.इ. अधिकृतलाई बगाहा स्वास्थ्य चौकीको इन्चार्ज, वोदवार स्वास्थ्य चौकीका हे.इ. अधिकृतलाई पोखरभिण्डी स्वास्थ्य चौकीको इन्चार्ज र पजरकट्टी स्वास्थ्य चौकीका हे.इ. अधिकृतलाई वोदवार स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले जानकारी दिए ।

    त्यसै गरी धकधई प्राथमिक स्वास्थ्य सेवा केन्द्र, धकधईका मेडिकल अधिकृतलाई सोही केन्द्रको इन्चार्जको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij