२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोहिणी गाउँपालिकामा आइतबार स्थानीय विदा

शनिवार , आश्विन ६, २०८०

भैरहवा, ६ असोज ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले बड्का आइतबार पर्वको अवसरमा आइतबार (भोली)स्थानीय विदा दिएको छ । बड्का आइतबारको अवसरमा आइतबार अत्यावश्यकबाहेक गाउँ कार्यपालिकाको कार्यालयसहित मातहतका सबै कार्यालय (विद्यालयहरुसमेत) बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । 

गाउँपालिकाका अध्यक्ष यादवले असोज ७ गते थारु तथा स्थानीय जनसमुदायको पावन पर्व बड्का आइतबारको अवसरमा समस्त श्रद्धालुहरुलाई सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्दै सो दिन स्थानीय विदा दिइएको शुक्रबार सूचना जारी गरेका छन् ।

Rohini suchana.jpg