२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

एल्मुनाइ अफ न्यू होराइजनमा अमात्य

आइतवार , आश्विन ७, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, ७ असोज ।
    एल्मुनाइ अफ न्यू होराइजनको शुक्रबार एक कार्यक्रमकाबीच पद हस्तारण भएको छ । निवर्तमान अध्यक्ष निरज लाकौलले नवनिर्वाचित अध्यक्ष उमेश अमात्यलाई पद हस्तारण गरेका हुन् । निवर्तमान अध्यक्ष लाकौलले आफ्नो कार्यकालमा सामाजिक कार्यमा सहयोग गर्ने सदस्यलाई मायाको चिनो  प्रदान गरेका थिए । 

    अधिवेशनले उमेश अमात्यको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा विकास श्रेष्ठ, सचिवमा रितेश ज्ञवालीको र कोषाध्यक्षमा कमल देवकोटा चयन भएका छन् । त्यसै गरी सदस्ययहरूमा रोमन शाह, प्रविना खनाल, महेश घिमिरे, दीक्षा सुवेदी, प्रवेशराज गैरै, कुशल आचार्य र सोनु अर्याल रहेका छन् । 

    कार्यक्रममा न्यू होराइजनका विद्यालयका उप–प्राचार्य बालकृष्ण भण्डारीले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना दिदै सगंठन अझ मजबुत गरेर लैजानुपर्ने र सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताए । 

    एल्मुनाइ अफ न्यू होराइजनका संथापक अध्यक्ष तथा न्यू होराइजन विद्यालयका उप–प्राचार्य राजीव श्रेष्ठ, एल्मुनाइ अफ न्यू होराइजनका निवर्तमान अध्यक्ष निरज लाकौल एल्मुनाइ अफ न्यू होराइजनका, पूर्वअध्यक्ष तथा निर्वाचन अधिकृत नारायण थापालगायतको बोलेका थिए ।