images

आइतवार, बैशाख २३ गते २०८१

श्री रामनरेश यादव आदर्श नमूना माविले मनायो ६८ औं वार्षिक उत्सव

श्री रामनरेश यादव आदर्श नमूना माविले मनायो ६८ औं वार्षिक उत्सव

images
images
images
मंगलवार, आश्विन ९ २०८०
मंगलवार, आश्विन ९ २०८०
  • श्री रामनरेश यादव आदर्श नमूना माविले मनायो ६८ औं वार्षिक उत्सव

    भैरहवा, ९ असोज ।

    images
    images
    images

    रुपन्देहीको रोहिणी गाउँपालिा वडा नम्बर ३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालयको ६८ औं वार्षिक उत्सव तथा अभिभावक भेला समारोह सोमबार सम्पन्न भएको छ । २०१३ साल असोज १ गते स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गरी विद्यालय प्रांगणमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको गहनाको रुपमा रहेको विद्यालयलाई गाउँपालिकाले मात्र नभइ व्यक्तिगत रुपमा पनि सहयोग गर्ने जनाए । अहिले कक्षा १२ सम्म अध्ययनन हँुदै आएको यस विद्यालयलाई बहुमुखी क्याम्पसको रुपमा विकास गर्ने अवधारणसहित गाउँपालिका र विद्यालयले प्रक्रिया अगाडि बढाइसकेको अध्यक्ष यादवले बताए ।

    त्यस्तै विद्यालयका प्रधानाध्यापक अब्दुल हलिम खाँले विद्यालयमा हाल २ हजार १० जना विद्यार्थी अध्ययनरत रहेको बताए । उनले भौतिक पूर्वाधारका हिसाबले पनि प्रर्याप्त रहेको यो विद्यालयलाई क्षेत्रकै नमूना विद्यालय बनाउने बताए । यससँगै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा क्रमशः विज्ञान विषयको पठनपाठन सुरु गरिने उनले जानकारी दिए । त्यस्तै प्राजेक्टर एवं स्मार्टबोर्ड प्रयोग गर्ने तथा शैक्षिक उपलब्धि अभिवृद्धिका लागि शैक्षिक सामग्रीको प्रयोगमा वृद्धि गरी शिक्षक सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउने विद्यालयको योजना रहेको छ । आगमी शैक्षिक सत्रदेखि नै विद्यालयमा स्नातक तहको अध्यापन पनि सुरु गरिने खाँले बताए ।

    वार्षिकोत्सवको अवसर पारी एसईई परीक्षामा सबैभन्दा बढी ग्रेड ल्याउने, कक्षा ११ र १२ का उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरनाथ त्रिपाठीको अध्यक्षता तथा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका पूर्वअध्यक्ष सनोज कुमार यादव, रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष ताहिर अली, राजकुमार यादव, बैजनाथ सहानी, रोहिणी गाउँपलिका वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय गुप्ता, रुपन्देही जिल्ला सदस्य प्रदिप कुमार पाण्डेलगायतले बोलेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij