images

शनिवार, बैशाख ८ गते २०८१

रुपन्देहीमा आफ्नै परिवारद्वारा छोराको हत्या

रुपन्देहीमा आफ्नै परिवारद्वारा छोराको हत्या

images
images
images
बुधवार, माघ १४ २०७७
बुधवार, माघ १४ २०७७
  • रुपन्देहीमा आफ्नै परिवारद्वारा छोराको हत्या

    भैरहवा, १४ माघ । 
    सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ । रुपन्देहीको सियारी गाँउपालिका–२ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यादवको शव ०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाउँपालिका–७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला परेको थियो । घटनाबारे जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले यादवको आफ्नै परिवारका सदस्यले योजनाबद्ध तरिकाले हत्या गरेको खुल्न आएको बताएको छ ।

    रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रवीण पोखरेलका अनुसार ३४ वर्षिय यादवलाई सम्पत्ति दिनुपर्ने भएपछि २५ लाख रुपैयाँ दिने शर्तमा आफ्नै कान्छो बुबा लगायतका परिवारका सदस्यहरुको सहमतिमा हत्या गरेको खुल्न आएको छ ।
    यादवलाई मदिरा खुवाउने निउमा मदिरामा सिलिपिङ ट्याब्लेट खुवाएर बेहोस गराएको र अन्त्यमा हत्या गरी आगो लगाएको एसपी पोखरेलको भनाइ  छ।

    मृतक यादवका बुवा रामशुभग यादवको ३२ वर्ष अघि सर्पले टोकेर मृत्यु भएको तथा मृत्युपश्चात राजेन्द्रको आमाले कान्छो बुवा (काका) रामवेलास यादवसंग विवाह गरी बसेकी थिएन् । उनी १५÷१६ बर्षको उमेरमा भारतको मुम्बईमा गएको र झण्डै १५ वर्ष त्यही बसेको प्रहरी जनाएको छ । नेपाल आएपछि अंश माग्न लागेपछि उनीमाथि हत्याको योजना बनेको र उक्त कुरा थाहा पाएपछि मृतक यादव घरपरिवारबाट छुटेर डेरामा बस्दै आएका थिए ।

    परिवारसंग अंश माग्दा सहजै अंश नपाएपछि उनले रुपन्देही जिल्ला अदालतमा ०७६ मा अंश मुद्दा हालेका थिए । उनले हालेको मुद्धामा जिल्ला अदालतले तीन कित्ता वापत २९ कठ्ठा जग्गा पाउने गरी मिलापत्र गराएको थियो । उनले पाउने जग्गालाई कसै गरी नदिने योजना अनुसार परिवारकै सहमतिमा उनको योजनाबद्ध हत्या भएको प्रहरी निष्कर्ष छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतक यादवका कान्छो बुबा रामवेलास यादव, बुद्धिराम कोहार, मृतकका भाइ विरेन्द्र यादव, कवुल लिने सन्त कुमार यादव, राकेश यादव, अफताव मुसलवानलाई पक्राउ गरेको छ । यी मध्ये मृतकका कान्छो बुबा र बुद्धिराम कोहार मुख्य योजनाकार हुन भने विरेन्द्र यादव, सन्तकुमार यादव मुख्य व्यक्ति भएको प्रहरीले जनाएको छ । घटनाका मध्यस्तकर्ता लङ्गारे भन्ने इन्द्रजित यादव र मुख्य व्यक्ति सोनु मुराउ भने फरार छन् ।

    उनका कान्छो बुबाले उनलाई मार्नका लागि मान्छे मारे पश्चात पाउने गरी २५ लाख रकम वा १ कठ्ठा जग्गा दिने कबुल गरेको बुझिएको छ । यादवको हत्याका लागि बुद्धिराम कोहारले एक पटक २० हजार र अर्को पटक ५० हजार रामवेलाससंग लिएको खुलेको छ ।

    यसरी घटेको थियो घटना

    २०७७ माघ ५ गते राजेन्द्र यादव र विरेन्द्र यादव बिहानै देखी रक्सी खान थालेको, सो पश्चात राजेन्द्र र विरेन्द्र अटोमा र सन्त कुमार यादव र सोनु मुराउ लु १२ प ३९५२ नम्बरको मोटरसाइकलमा भारतको नौतनवा गई पुन रक्सी खाएको देखिएको छ । त्यस्तै सोनु मुराउले नौतनवामै भारतीय रुपैयाँ ५० मा पाइप र भारतीय रुपैयाँ एक सयमा निद्रा लाग्ने औषधी र र्लाटर खरीद गरेको तथा पाइप मोटरसाइकलमा बाँधेर राखेको घटना अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए।

    चारै जना एउटा मोटरसाइकलमा नौतनवाबाट नेपालतर्फ आइ नेपालको मर्चवारमा रहेको जितेन्द्र भट्टीमा राजेन्द्र र विरेन्द्र एउटा बेञ्चमा र सोनु र सन्त अर्को बेञ्चमा बसी पुन रक्सी खान थालेको, सोही समयमा राजेन्द्रले खाइ रोखेको रक्सीको ग्लासमा निद्रा लाग्ने औषधी मिसाएर खुवाएको अनुसन्धानमा क्रममा उनीहरुले बयानमा उल्लेख गरेको पोखरेलले जानकारी दिए । 

    पोखरेलका अनुसार सोही स्थानमा सन्त कुमार यादवले दुइजना साथीहरु अफताव मुसलमान र राकेश यादवलाई मोटरसाइकलसहित बोलाएको, सोही समयमा सन्तकुमार यादवले मोटरसाइकलको पेट्रोल झिकेर प्लाष्टिकको बोटलमा राखेको देखिन आएको छ । राजेन्द्रले रक्सी खाएपश्चात उनी बेहोस भएका थिए । त्यसपश्चात २ वटा मोटरसाइकलमध्ये राकेश, अफताव र विरेन्द्र एउटा मोटरसाइकलमा र अर्को मोटरसाईकलमा सन्त कुमार यादव, राजेन्द्र यादव र सोनु मुराउ चढेर हिडेका थिए।
    मर्चवारकोबीचको पीच बाटोबाट राकेश र अफताव आफ्नो गन्तव्यतर्फ लागे भने बाँकी ४ जना सन्त कुमार यादवको स्पेलेण्डर मोटरसाइकल चढी घटनास्थल मायादेवी गाउँपालिका वडा नम्बर ७ गरगट्टी आएका थिए । घटनास्थलमा आएपछि बेहोस अवस्थामा रहेका राजेन्द्र यादवलाई मोटरसाइकलबाट भुंइमा लडाएर नौतनवामा किनेको पाइपले घांटीमा बेरी सन्त, सोनु र विरेन्द्र ३ जना मिलेर जोडले घाँटी कसेको तथा छातीमा लात्तीले थिचेर हत्या गरेको प्रहरीको बयानमा उनीहरुले स्वीकारेको प्रहरीले जनाएको छ ।

    उनीहरुले राजेन्द्र मरेको एकिन गरे पश्चात घटनास्थलदेखि एक कान्ला मुनी घिसारेर लगेको र राजेन्द्रले लगाएको पाईन्ट र कट्टु समेत खोली छातीमा राखेर पेट्रोल खनाएर आगो लगाएर हिंडेका थिए। आगो लगाउनुपूर्व मृतकले लगाएको घडी र बोकेको मोबाइल फोन सोनु मुराउले लगेको र आगो लगाईसकेपछि बाँकी तीनै जना एउटै मोटरसाइकलमा चढेर गन्तव्यतर्फ गएका थिए ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij