२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

सदनमा पेश गरिएको शिक्षा विधेयक परिमार्जन हुन्छ : कांग्रेस

मंगलवार , आश्विन ९, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ९ असोज । 
    सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले सदनमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।

    मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो ।

    संघीय संसद् भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ–संस्थाहरूले आफूहरूको माग सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

    सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले बताए । कांग्रेसले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधबार अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको लेखकले बताए ।

    सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसद्बाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका थिए ।