images

आइतवार, बैशाख २३ गते २०८१

सिद्धार्थनगर–५ र १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

सिद्धार्थनगर–५ र १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

images
images
images
बुधवार, आश्विन १० २०८०
बुधवार, आश्विन १० २०८०
  • सिद्धार्थनगर–५ र १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

    भैरहवा, १० असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ र १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नगरपालिको वडा नम्बर ५ र १३ को कार्यालयले संयुक्त रुपमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन् । यससँगै नगरपालिकाको ७ वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भएका छन् ।

    images
    images
    images

    वडावासीहरुलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वडा नम्बर ५ र १३ को कार्यालयको भवनमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

    वडा नम्बर ५ र १३ को कार्यालय रहेको भवनमा बुधबार आयोजित एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरे ।

    सञ्चालनमा आएको केन्द्रबाट बालबालिका खोप, परिवार योजना, गर्भवती, सुत्केरी जाँच, बालबालिकाको तौल वृद्धि अनुगमन जाँच, जेष्ठ नागरिक सेवा लगायत प्रदान गरिने सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । उनले आफूहरुले मात्रै नभइ सिंगो नगरपालिकाको कार्यालयको साथले वडामा केन्द्र सञ्चालनमा ल्याउन सकिएको बताए । उनले वडा नम्बर ५ र १३ ले संयुक्त रुपमा केन्द्र संचालनमा ल्याए पनि अन्य वडाबासीले पनि केन्द्रबाट सेवा लिन सक्ने बताए । उनले आगामी दिनमा सेवा केन्द्रमा महिनामा एकपटक विशेषज्ञ सेवा पनि प्रदान गर्ने लक्ष्य रहेको बताए । आफूहरु वडा÷नगरवासीहरुकै हितमा सेवा गर्नका लागि आएको भन्दै समृद्ध नगर निर्माण नगरबासीमा पनि सचेतना हुनुपर्ने बताए ।

    कार्यक्रमलाई बोल्दै वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले ज्वरो, रुघा जस्ता समान्य स्वास्थ्य समस्या र परामर्शका लागि अस्पताल/क्लिनिकमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न र प्रत्येक वडावासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

    वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले आफ्नो वडामा पनि आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनको तयारी रहेको भन्दै यस केन्द्रबाट वडावासीहरु लाभान्वित हुने बताए ।
    सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गितादेवी न्यौपानेले आधारभूत स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा केन्द्रबाट प्रदान हुने बताइन् । जसका लागि नगरपालिकाबाट केन्द्रमा स्वास्थ्यकर्मीहरु खटाइएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले यी वडासँगै नगरको ७ वटा केन्द्र सञ्चालनमा रहेको र अगामी दिनमा अन्य वडामा पनि केन्द्र सञ्चालनमा आउने जानकारी दिए । उनले स्वास्थ्य केन्द्रबाट वडा÷नगरवासी मात्रै नभइ अन्य पालिकावासीले पनि सेवा लिन सक्ने बताए ।

    नगरप्रमुख इश्तियाक अहमद खानले सञ्चालनमा आएको आधारभूत स्वास्थ्य सेवा केन्द्रले नगरवासीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै अगामी दिनमा सेवा थप विस्तार गरिदै लैजाने बताए । उनले स्वास्थ्य क्षेत्र नगरपालिकाको कार्यालय गम्भिर रहेको भन्दै यस किसिमका योजनाहरु सञ्चालन गर्दै लगिने बताए ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन), रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता, समाजसेवी विजय गोविन्द श्रेष्ठ लगायतले केन्द्र सञ्चालनमा आएको खुशी व्यक्त गर्दै अन्य वडाहरुमा पनि आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउनुपर्ने बताए ।

    IMG-4194.jpg

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ र वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्गको अध्यक्षता, वडा सदस्यहरु, समाजसेवी दिपेन्द्र बुढापृति, प्रशान्त विक्रम मल्ल, पूर्व वडा सदस्य प्रकाश खड्का लगायतको सहभागिता रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij