२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, अध्यक्षका उम्मेदवार पाँचजना

शनिवार , आश्विन १३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • सुर्खेत, १३ असोज । 
    नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन । 

    निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।
    आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । 

    आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । 
    कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।