२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

समाजवादी युवा संघ रुपन्देहीले १६ वटै पालिकामा संगठन विस्तार गर्ने

शनिवार , आश्विन १३, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १३ असोज ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी युवा संघ नेपाल, रुपन्देहीको प्रथम बैठक शनिबार भैरहवामा सम्पन्न भएको छ ।

    समाजवादी युवा संघ, रुपन्देहीका जिल्ला अध्यक्ष राजु गौतमको अध्यक्षता तथा संघका लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष विकास यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्लाका १६ वटै स्थानीय तह (पालिका) मा संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

    जसपा रुपन्देहीको जिल्ला अध्यक्ष सियाराम यादव र उपाध्यक्ष नवलकिशोर सिंहको विशिष्ट आतिथ्यता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव राहुल यादव, जसपा क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, समाजवादी विद्यार्थी युनियन रुपन्देहीका अध्यक्ष विरेन्द्र यादव, उपाध्यक्ष कमरुल खान, सचिव कौशलेन्द्र मिश्रालगायतको आतिथ्यतामा बैठक भएको हो ।

    WhatsApp Image 2023-09-30 at 6.32.20 PM.jpeg