२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

ओमसतियामा एन्टी रेविज भ्याक्सिन सुरु

आइतवार , आश्विन १४, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १४ असोज । 
    रुपन्देहीको ओमसतिया गाउँपालिकामा कुकुरको टोकाईविरुद्ध लगाउने एण्टी रेविज भ्याक्सिनको सुरुवात गरिएको छ । आइतबारदेखि ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा रहेको बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट एक कार्यक्रमकाबीच भ्याक्सिन दिन सुरु गरिएको हो ।

    कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले यसले ओमसतिया गाउँपालिका मात्र नभइ छिमेकी गाउँपालिकाहरु पनि लाभान्वित हुने बताए । उनले कुकुरले टोक्दा ओमसतिया बाहिर जानुपर्ने बाध्यताको अब अन्त्य भएको बताए । ‘कतिपय अवस्थामा विभिन्न अस्पतालमा पुग्दा भ्याक्सिन नभएर बिरामीको ज्यानै जोखिममा पर्ने गरेको थियो । यादवले भने, सोही अवस्थालाई मध्यनजर गर्दै हामीले यहीबाट एन्टी रेविज भ्याक्सिन दिन सुरु गरेका हौं ।’

    ओमसतिया–४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेयको अध्यक्षता, गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सुनिता चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवाली, हेल्थ अस्सिटेन्ट मुगेरीलाल कोहार, महिला स्वास्थ्य स्वयंसेविका अनित ज्ञवाली, वडा सदस्य मन्जेश चौधरीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सिनियर अहेब रामप्रसाद ढकालले गरेका थिए ।