२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

क्रिकेट : कमल थापाले भने, ‘पराजयका बाबजुद नेपालको उत्कृष्ट प्रदर्शन’

मंगलवार , आश्विन १६, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १६ असोज । 
    क्रिकेटमा नेपाल भारतसँग पराजित भए पनि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पराजयका बाबजुद उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएपछि राप्रपा नेपालका अध्यक्ष थापाले नेपाली टिमले जति खेल्यो, त्यो आफैमा उपलब्धीपुर्ण भएको प्रतिक्रिया दिएका हुन् ।

    ‘एशियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाईनलमा भारत विरुद्ध नेपालले पराजयका वावजुद उत्कृष्ट प्रदर्शन गरेको छ,’ अध्यक्ष थापाले भनेका छन, ‘टि–२० ‘फरम्याट’ मा खेलिएको प्रतिस्पर्धामा नेपालले १७९ रन बनाउन सक्यो, त्यो आफैमा उपलब्धी हो ।’ उनले अगाडी लेखेका छन, ‘भारतसँग नेपाल २३ रनले पराजित भएको छ, टीम नेपाललाई बधाई ।’

    चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९ विकेटको क्षतिमा १७९ रनमा सीमित हुँदै बाहिरिएपछि थापाले सन्तोष व्यक्त गरेका हुन् ।

    भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसकेपछि अन्ततः नेपाल २३ रनले पराजित हुन पुग्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिन सफल भएका थिए । यो हारसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।