मंगलवार , आश्विन १६, २०८०
काठमाडौं, १६ असोज । पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा बनाएको आरोप लागेको छ ।
प्रतिनिधिसभाका जारी बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो आरोप लगाएका हुन । अघिल्लो संसदले पठाएको नागरिकता बिद्येयकमा उल्लेख भएका राष्ट्रपति बिद्यादेवी भण्डारीको नाम काटेर हालका राष्ट्रपतिलाई बिद्येयक प्रमाणित गर्न लगाएको उनको आरोप छ ।
‘पहिलाको संसदले, पहिलाको राष्ट्रपतिलाई पठाएको बिद्येयकमा नाम काटेर बिद्येयक प्रमाणीकरण गर्न लगाएका छन, ज्यानमाराहरुलाई जेलबाट निकालेको छ, ज्यानमाराहरु शानसहित लावालस्कर लगाएर हिडेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपतिलाई यो सरकारले खोपीको राजा बनाएको छ, क्याबिनेटको आदेशमा राष्ट्रपतिलाई चलाएको छ ।’
सरकारको नेतृत्वको दल र सत्ता गठबन्धनमा आबद्ध दलले कोशी सरकार निमार्णमा तमासा देखाएको पनि उनको आरोप छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
