२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

डुबानको समस्या समाधान गर्न एमाले तिलोत्तमाद्वारा ध्यानाकर्षण 

बुधवार , आश्विन १७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • तिलोत्तमा, १७ असोज ।
    नेकपा (एमाले) तिलोत्तमा नगर कमिटी, रुपन्देहीले तिलोत्तमाका विभिन्न स्थानमा भइरहेको डुबानको समस्या समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ । 

    समयमै ढल निकास तथा नाली सरसफाईमा वेवास्ता गर्दा नगरपालिकाको व्यापारिक केन्द्र मणिग्राम, नयाँमिल, शंकरनगर, कोटिहवालगायतका स्थानमा डुबानको समस्या देखिएको जनाउँदै एमालेले यसबाट आम नागरिकले कष्ट भोग्नुपरेको जनाएको छ । 

    पार्टीका नगर सचिव मिनप्रसाद पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै नगरपालिकालाई जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । डुबानका कारण स्कूले विद्यार्थी, पैदलयात्री, साना सवारीसाधन तथा स्थानीय व्यापारीहरु सडकमा जोखिम मोलेर हिँड्नु परेको विज्ञप्तिमा उल्लेख छ ।