२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

धर्म परिवर्तनको महारोगले सद्भाव खलबलियो : कमल थापा

शनिवार , आश्विन २०, २०८०

  • 994
    Shares
  • 994
    Shares
  • काठमाडौं, २० असोज । 
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको बताएका छन् । धरान, मलंगवा, वीरगञ्ज र नेपालगञ्जलगायतका क्षेत्रमा सामाजिक र धार्मिक सदभाव खलबलिएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘धार्मिक सद्भाव र सहअस्तित्व सनातन धर्म संस्कृति र नेपालको विशिष्टता हो,’ थापाले भनेका छन, ‘धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति विस्थापित गरी विदेशी धर्म लाउने षड्यन्त्र भएपछि धर्मपरिवर्तनको महारोगले सद्भाव खलबलिएको हो ।’ 

    थापाले धार्मिक सदभाव कायम राख्न सबैले पहलकदमी लिनुपर्ने पनि बताएका छन् । ‘सनातन धर्म संस्कृतिको रक्षा गरौँ, धर्मपरिवर्तन रोकौं, सद्भाव आफै कायम हुन्छ,’ उनले आग्रह गर्दै भनेका छन् ।