२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नु पर्छ : डा. शेखर कोइराला

शनिवार , आश्विन २०, २०८०

  • 985
    Shares
  • 985
    Shares
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस शहिदलखन–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले सरकारकै कारण अहिले देश ठिक ठाउमा नरहेको भन्दै वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुको बिकल्प नरहेको बताए ।

    उनले कांग्रेसले मात्रै मुलुकमा देखिएका अराकताहरुलाई समाप्त गर्न सक्ने दावी गरे । देशको प्रधानमन्त्री भएकै व्यक्तिले जातीय राज्यका लागि दुई लाख मान्छे सडकमा उतार्छु भन्नु उचित नरहेको उनले बताए ।

    उनले देशको प्रधानमन्त्रीले ८४ को चूनावमा माओवादीलाई जिताए जातिय राज्य दिन्छु भन्नुसमेत तर्कसंगत नरहेको धारणा राखे ।

    नेपाल कुनैपनि जाति विशेष नभएकाले प्रधानमन्त्रीको हैसियतमा बसेका मान्छेबाट जातिय राज्यको वकालत गर्नु गैरजिम्मेवार अभिव्यक्ति भएको उनले बताए ।