२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड

बिहिवार , आश्विन २५, २०८०

  • 766
    Shares
  • 766
    Shares
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा अयाोजना गरेको राष्ट्रिय आर्थिक बहस, सुधारका लािग सहकार्य बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंगो राष्ट्रलाई विश्वासमा लिएर आर्थिक गतिविधिलाई नयाँ गति दिन सकिने भन्दै यसका लागि सवै पक्ष सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका हुन् । 

    अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थ मन्त्रालय, राष्ट्र बैंक लगाएत सहभागी हुनेगरी संयन्त्रको खाँचो रहेको उनको भनाइ छ । उनले अर्थतन्त्रमा भएको समस्याको विन्दूबाट समाधानको प्रक्रिया खोज्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले अहिलको अवस्थामा समान्य तरिकाले अर्थतन्त्रको सुधार हुन नसक्ने भन्दै बोल्ड डिसिजनको आवश्यता रहेको बताए । वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न केही न केही सुधार भएको भन्दै मुल सुधार बाँकी रहेको उनको भनाइ छ ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रका मूलभूत समस्या अझै समाधान नभएकाले सहि समयमा सहि नीति लिन नसके सुधारको सम्भावना नरहेको बताए । उन्ले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी रहेको धारणा राखे । 

    अध्यक्ष ढकालले सबै पक्ष मिलेर काम गरे सबै समस्याको समाधान सम्भव रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने बिषयमा सरकार सकारात्मक हुनुपर्नेमा जोड दिए ।