२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

यूपीका मुख्यमन्त्री आदित्यनाथ र पूर्व गृहराज्यमन्त्री कंडेलबीच भेटवार्ता

शनिवार , आश्विन २७, २०८०

परासी, २७ असोज ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा भारतको उत्तरप्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथ र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलबीच शुक्रबार उत्तरप्रदेशको प्रयागराज, लखनउस्थित मुख्यमन्त्री कार्यकक्षमा भेटवार्ता भएको छ।

भेटवार्तामा पूर्व गृह राज्यमन्त्री कंडेलले उत्तर प्रदेश राज्यसँग जोडिएको नेपाल र भारतका सीमा क्षेत्रमा हुने समस्या न्यूनीकरण, सहज आवतजावत, व्यापार नीति, नेपालका धार्मिक, पर्यटकीय लगायतका क्षेत्रमा प्राथमिकता दिने र थप समन्वय गरी विकास कार्यमा सहयोग गर्न आग्रह गरे ।

उक्त भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्ध सुदृढ रहिरहने विषयबस्तुमा समेत कुरा भएको कांग्रेस नेता कंडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिए ।

नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि नेता कंडेलले मुख्यमन्त्री योगीलाई निम्तो समेत दिएका हुन भने मुख्यमन्त्री योगीले छिटै नेपाल भ्रमणमा आउन सक्ने बताएका थिए ।

भेटवार्तामा उत्तरप्रदेशका पूर्वमन्त्री सुजन त्रिपाठी, व्यवसायी योगेश बाजपेयी लगायतले नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।