२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

मोदीको कालापानी भ्रमणबारे सरकार तत्काल बोलोस् : कमल थापा

मंगलवार , आश्विन ३०, २०८०

इनरुवा, ३० असोज । 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार आत्मसमर्पणवादी भएको आरोप लगायका छन् । नेपालको अभिभाज्य भुमी लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणवादी मानसिकताको उपज भएको बताए । 

सुनसरी जिल्लाको इनरुवामा आयोजित बिरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न, टिक्न, चुनाव जित्न विदेशीको आशीर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्नेसमेत दावी गरेका छन् । थापाले भने, ‘भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोधोस्’ । रा

राष्ट्रपतिको भूमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आवश्यक रहेकोमा पुनः जिकिर गरेका छन् । सरकार र ठुला भनिने दलहरु भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउँदै थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्नेसमेत बताएका छन । 

धर्मपरिवर्तन, बेरोजगारी, कुशासन र महंगी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरी सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, राजाराम बर्तौला, तेजकुमार कुरुम्वाङ्ग, गोपाल कोइराला, चन्दन चौधरी, खड्ग जिसि, खेम ओझा लगायतले बोलेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रेमप्रसाद भट्टराईको नेतृत्वमा ठूलो समूह राप्रपा नेपाल प्रवेश गरेको थियो भने पूर्व प्रहरी उपरीक्षक नारायण थापा पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।