images
images

शनिवार, जेठ ५ गते २०८१

बल्न सुरु भए भैरहवाका स्मार्ट लाइट

बल्न सुरु भए भैरहवाका स्मार्ट लाइट

images
images
images
मंगलवार, आश्विन ३० २०८०
मंगलवार, आश्विन ३० २०८०
  • बल्न सुरु भए भैरहवाका स्मार्ट लाइट

    भैरहवा, ३० असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा जडान भएको अत्याधुनिक सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) बल्न सुरु भएका छन् । ‘उज्यालो सिद्धार्थनगर’ अन्र्तगत सिद्धार्थनगर नगरपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरणको लागत साझेदारी नगरको बजार क्षेत्रमा जडान गरिएको अत्याधुनिक सडक बत्तीको बल्न सुरु भएका हुन् । अत्याधुनिक बत्ती बल्न सुरु भएसँगै नगरको बजार क्षेत्र उज्यालो देखिएको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले संयुक्त रुपमा बत्तिको स्वीच अन गरेर स्मार्ट स्ट्रिट लाइटको उद्घाटन गरे ।
    नगरप्रमुख इश्तियाक अहमद खान निर्वाचित भएपश्चात नगरलाई उज्यालो बनाउन नगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि पहल थालेका थिए । जसअनुसार गत ०७९ साल असारमा योजना सञ्चालनका लागि नगरपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको थियो । विद्युत प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा ‘शहर उज्यालो कार्यक्रम’ ल्याएको छ । जसअनुसार नगरपालिकाको कार्यालयले नगरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने सम्झौता गरेको थियो ।

    नगरप्रमुख खानले नगरको बजार क्षेत्रमा जडान भएको स्मार्ट स्ट्रिट लाइटले नगरवासी खुशी भएको र नगरपालिकाको विकासमा एउटा ईट्टा थपिएको बताए । आगामी दिनमा नगरको अन्य स्थानमा पनि स्मार्ट स्ट्रिट लाइट जडान गर्ने योजना रहेको उनको भनाइ छ । उनले नगरमा समानन्तर रुपमा विकासका कार्यहरु भइरहेको र क्रमशः विकास हुँदै जाने बताए ।

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरमा स्मार्ट स्ट्रिट लाइट जडानले रातीको समयमा सुरक्षित यात्रा गर्न र नगरको सौन्दर्यकरणमा समेत टेवा पुगेको बताइन् । यसअघि गत तिहारमा नगरपालिकाको कार्यालयले सिद्धार्थ राजमार्ग विद्युतीय पोलमा स्ट्रिप लाइट लगाएको थियो हाल दसैंमा कार्यालयले बजार क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।

    सिद्धार्थनगर नगरपालिकाका योजना शाखा प्रमुख एवं इञ्जिनियर साकार श्रेष्ठले बजार क्षेत्रको शान्तिनगरदेखि मायादेवी चोक र बर्मेलीटोलदेखि मेउडिहवा चोकसम्म स्मार्ट सडक बत्ती जडान भएको जानकारी दिए । उनकाअनुसार बजारको मुख्य चोक बुद्धचोक, देवकोटाचोक, आँखा अस्पताल चोक र मायादेवी (एअरपोर्ट) चोक र सिद्धार्थ बसपार्कमा अत्याधुनिक हाईमास्ट लाइट समेत जडान गरिएको छ ।

    जडान गरिएको उक्त बत्तीहरु नेपाल विद्युत प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा नियन्त्रण गर्न सकिन्छ । जसका लागि ६ वटा फिडर प्यानल जडान गरिएको छ । उक्त बत्तीहरु विद्युत प्राधिकरणको सर्भरसँग सिधा जडान छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बल्ने र उज्यालो हुँदा निभ्ने गरी समय निर्धारणअनुसार स्वचालित व्यवस्था र बत्ती नबलेको अनुगमन गर्न सकिनेछ ।

    392932524_288321510698630_1581820147185955745_n.jpg

    सिद्धार्थनगर नगरपालिका कार्यालयका सब–इञ्जिनियर चेतनारायण ज्ञवालीले २ करोड ६६ लाख बढी रुपैयाँ लागत अनुमानमा अत्याधुनिक सडक बत्ती जडान भएको बताए । जसमा नगरपालिका कार्यालयको ६० प्रतिशत र विधुत प्राधिकरणको ४० प्रतिशत लागत साझेदारी छ । उक्त योजना सञ्चालनका लागि ठेक्का आह्वान, सामग्री खरिद लगायत सबै कार्य विद्युत प्राधिकरण आफैले गरेको हो । उनकाअनुसार बजार क्षेत्रको कुल १० किलोमिटर सडकमा १०३ वटा पुरानो पोलमा र १७२ वटा नयाँ पोलमा गरी कुल २७५ थान अत्याधिनुक बत्ती जडान गरिएको हो । जडान गरिएको बत्ती कम विद्युत खपत गर्ने र बढी उज्यालो हुने किसिमका रहेको र ५ वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने विद्युत प्राधिकरणले जनाएको छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij