२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

बुधवार , कार्तिक १, २०८०

काठमाडौं,  १ कार्तिक । 
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनबाट विद्रोह गरी नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन । 

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका हुन । जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आव्हान गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि विश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र) ले पनि विश्वासको मत दिने जनाएका छन् ।