२०८३, आषाढ २० गते

Jul 04 2026 | २०८३, आषाढ २० गते

मर्चवारका विपन्न परिवारलाई लायन्स र लेडी युथको सहयोग

आइतवार , श्रावण १८, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares

  • भैरहवा, १८ साउन । 
    सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले संयुक्त रुपमा अतिविपन्न परिवारलाई सहयोग गरेका छन् । 

    क्लबले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत सम्मरीमाई, कोटहीमाई र मर्चवारीका पाँच घरपरिवारलाई तीन महिना पुग्ने गरी खाद्यान्न सामाग्री प्रदान गरेको लायन्स क्लब अफ सिद्धार्थनगर युथका द्धितीय उपाध्यक्ष अनित गुप्ताले बताए ।

    राहत हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष असिम सैंजु, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका अध्यक्ष रितु वि.क., लायन्स क्लब अफ मर्चवार युथका अध्यक्ष कमलेश उपाध्याय, कार्यक्रम संयोजक प्रशान्त श्रीवास्तव, तृप्ती वर्मा, सुशिल सिंगल लगायतको उपस्थिति रहेको थियो ।