
शुक्रवार , कार्तिक १०, २०८०
रूपन्देही, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नम्बर १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा फर्किएका छन् । दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे एमालेमा प्रवेश गरेका हुन् ।
‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ । उनले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’
एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले गैरेलाई पार्टी प्रवेश गराएका हुन् ।
यसअघि केन्द्रीय सचिव भागवत विश्वासी, दाङ जिल्ला अध्यक्षसहित केन्द्रीयस्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका थिए ।
दाङका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दै जाँदा एकीकृत समाजवादी कमजोर बन्दै गएको एमाले नेताहरुको दावी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij