२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

२०८४ को चुनावमा पुराना राजनीतिक दलहरुलाई पाखा लगाउँछौं : रवि लामिछाने

शनिवार , कार्तिक ११, २०८०

काठमाडौं, ११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दलहरुलाई पाखा लगाउने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा लामिछानेले पुराना दलहरुले जनताका लागि केही गर्न नसक्ने भएकाले उनीहरुलाई पराजित नगरेसम्म जनताका समस्या जस्ताको तस्तै रहने उल्लेख गरे । दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा थुनामुक्त गरेर दलहरुले जनताको मतलाई उपहास गरेको उनले टिप्पणी गरे ।

उनले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने गरी आफूहरुले काम गर्ने उल्लेख गरे । उनले भ्रष्टाचारका फाइल खोल्ने भनेका दलहरु अहिले तर्सिएर फाइल नै बन्द गरेर बसेको जिकिर गरे । सभापति लामिछानेले नेपालीहरुको सुनौलो भविष्यको सपना देखाएर नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए ।