
बुधवार , कार्तिक १५, २०८०
रुपन्देही, १५ कार्तिक ।
नेकपा (माओवादी केन्द्र) की वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद उमा विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेकी छन् । कपिलवस्तु निवासी विश्वकर्मालाई मंगलबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित निवासमा पार्टीमा प्रवेश गराएका हुन् ।
नेतृ उमा विश्वकर्माको आगमनले कपिलवस्तुको पार्टी निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको एमाले पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij